images
images
  • बुलेट फ्रुप बनाइयो सलमानको घर

    बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ।

    गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क्रममा अहिले उनको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएका हुन्।

    सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि मर्मत चलिरहेको थियो। अहिले अपार्टमेन्टको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ ग्लास देखिन्छ।

    एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको बताएको छ। घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ।

    सलमान खान ग्यालेक्सी अपार्टमेन्टको ग्राउन्ड फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा पहिलो तलामा बस्छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images