images
images
  • तिब्बत भूकम्पबाट भएको जनधनको क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त

    काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै भनेका छन्,“म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।” अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images