गुवाहाटी (भारत) । उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि करिब एक दर्जन भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।
“कोइला खानी धेरै दुर्गम स्थानमा छ,” डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेको पुष्टि गर्दै स्थानीय प्रहरी अधीक्षक मयंक झाले भने ।
स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये धेरैजना खानीको कार्यस्थलमा पानी भरिँदा भाग्न सफल भए ।
राज्य अधिकारीहरूले सरकारी उद्धार टोलीहरू र सेनाको सहयोग मागेका छन् ।
“उमराङ्सुमा श्रमिकहरू कोइला खानीमा फसेका छन्,” असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले विज्ञप्तिमा भने, “खानी श्रमिकहरूको सही संख्या पुष्टि हुन सकेको छैन, सबैको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्दछु ।”
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















