images
images
  • कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु

    उत्तरी कस्मिरको बान्दीपोरा जिल्लामा ड्युटीमा रहेका बेला सेनाको गाडी खाल्डोमा खस्दा तीन सैनिकको मृत्यु भएको छ।

    कंग्रेस सांसद राहुल गान्धीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्, ‘म शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

    भारतीय सेनाको चिनार कोरले आफ्नो सामाजिक सञ्जालमा यस दुर्घटनाको जानकारी दिएको छ।

    भारतीय सेनाका अनुसार, जनवरी ४ मा बन्दीपोरामा ड्युटीमा रहेका बेला भारतीय सेनाको गाडी चिप्लिएर गहिरो खाल्डोमा खसेको हो। खराब मौसम र कम भिजिबिलिटीका कारण यो दुर्घटना भएको हो।

    दुर्घटनामा तीन सैनिकको ज्यान गएको भारतीय सेनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images