सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन्।
हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौँ, समर्पण एवं महेश्वरी समाजद्वारा संकलित राहत शनिबार हेलम्बु पठाइएको छ।
राहत सामग्रीमा थाल १०० थान, गिलास १०० थान, कटौरा १०० थान, फ्राइपिन ५ थान, कम्मल १०० थान, प्रेसर कुकर २५ थान, त्रिपाल १२२ थान, ग्यास चुलो ४८ थान रहेको छ।
यस्तै प्लेट, थर्मस लगायतका भाँडा कुडाका साथै औषधि लगायतका सामग्री हेलम्बु पठाइएको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















