images
images
  • युक्रेनको बाटो हुँदै रुसी ग्यास आपूर्ति बन्द

    मस्को। युक्रेनले रुसमा ग्यास आपूर्तिका लागि आफ्नो भूमि प्रयोगमा रोक लगाएको छ।

    मस्कोसँगको सम्झौता बुधबार सकिएपछि युक्रेनले सो निर्णय गरेको हो। यो अपेक्षित तर अर्थपूर्ण निर्णय मानिएको छ। लगभग तीन वर्ष युद्ध भइसकेपछि युक्रेनले रुसकै कारण क्षति व्यहोरेको छ। अन्य युरोपेली देशले भने युद्धको सुरुवाती चरणमा नै रुसी ग्यास प्रयोग नगर्ने निर्णय गरिसकेका थिए।

    युक्रेनको ऊर्जा मन्त्रालयले राष्ट्रिय सुरक्षाका लागि यो निर्णय आवश्यक रहेको बताए। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसलाई ऐतिहासिक समेत भनिएको छ।

    युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले यसलाई रुसको ठुलो हारको रूपमा व्याख्या गरेका छन्।

    सन् २०१९ मा युक्रेनको जाफुटोजारसँग सम्झौता भएको क्रेमलिनको ग्यास गाजप्रोमले ६ दशमलव ९ अर्ब अमेरिकी डलर क्षति सहेको जनाइएको छ। २० वर्षमा त्यो सबै भन्दा ठुलो क्षति थियो।

    अब युक्रेनले रुसबाट पाउँदै आएको ट्रान्जिट फी बापतको वार्षिक ८०० मिलियन अमेरिकी डलर गुमाउने छ। यसैगरी गाजप्रोमले ग्यास बिक्री बापतको ५ अर्ब अमेरिकी डलर आम्दानी गुमाउने छ।

    अस्ट्रिया, हंगेरी र स्लोभाकियामा मुख्य रूपमा त्यो बाटोबाट ग्यास जाने गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images