images
images
  • पञ्जाबमा बस दुर्घटना, ८ जनाको मृत्यु

    उत्तरी भारतको पञ्जाब राज्यमा बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ। कम्तीमा २६ जना घाइते भएका छन्। दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो।

    तलबन्दी अस्पतालमा पाँच र अन्य तीन जनाको सिभिल अस्पताल भटिंडामा मृत्यु भएको पुष्टि भएको भटिंडाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले पुष्टि गरे। बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो।

    भटिंडाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको छ। प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images