काठमाडौं । प्रभु बैंक पछिल्लो दुईवर्षदेखि कम मुनामाफा कमाउने बैंकको सूचीमा छ । यो बैंकमा कतिपय शाखामा घरभाडा र कर्मचारीलाई तलब भत्ता खुवाउन पनि धौ धौ भइरहेको देखिन्छ ।
प्रभु बैंकले यो वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट पनि सेयरधनीलाई लाभांश दिन सकेको थिएन् ।
बैंकको संचालक समितीको बैठकले सेयरधनीको यसपटक समेत हात खाली भएको छ। योसँगै उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक बैंकसमक्ष पेश गर्ने भएको छ।
सेन्चुरी कमर्सियल बैंकसँग मर्जरपछि प्रभु बैंकको मुनाफा निरन्तर ओरालोमा छ । प्रभुले आर्थिक वर्ष २०७१÷८० मा पनि लाभांश वितरण गरेको थिएन। यसपटक पनि बैंकले लाभांश नदिएपछि सेयरधनी निराश भएका छन्।
प्रभुले आर्थिक वर्ष २०७९÷८० मा पनि लाभांश वितरण गरेको थिएन । बैंकले अन्तिमपटक आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट ६ दशमलब ५० प्रतिशत बोनस सेयर २१ दशमलब ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसैबीच नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही पनि गरेको छ । राष्ट्र बैंकले नियामकीय प्रावधान बाहिर रहेको कारण प्रभु बैंकलाई कारवाही गरेको जनाएको छ।
राष्ट्र बैंकको लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेको भन्दै प्रभु बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको छ।
प्रभुका ठूला सेयरधनी पनि २ वर्षदेखि सेयरधनीलाई लाभांश नदिएपछि विस्तारै आफ्नो सेयर बेचेर बाहिरिनेको लहर नै लागेको छ । पछिल्लो समय प्रभु बैंकको सेयरको रेट समेत घट्दो छ ।
केहि दिनअगाडी मात्रै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ग बमोजिम बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ ।
नेपालका केहि वाणिज्य बैंकहरुमा समेत खराब कर्जाको बढ्दो दर र गैरसम्पत्तिको दर थपिँदै गएमा केहि वाणिज्य बैंक समस्याग्रस्त हुन सक्ने विज्ञले आंकलन गरेका छन् ।


विश्व खबर 


















