images
images
  • जन्मदर घटेपछि दक्षिण कोरियामा सरकारले नै खोजिदिने भयो जोडी

    काठमाडौं। दक्षिण कोरियामा जन्मदर घट्न थालेपछि सरकारले नै विवाहका लागि जोडि खोजिदिने भएको छ।

    विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले डेटिङ कार्यक्रम आयोजना गर्न थालेको छ।

    अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको हो।

    जोडी मिलाइदिन भइरहेको सरकारी प्रयासले विवाह र जन्मदर बढाउलाने सरकारी अपेक्षा रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images