images
images
  • कांग्रेस नेतृ नै भन्छिन्- सरकार सञ्चालनको कार्यशैलीप्रति जनता सन्तुष्ट छैनन्

    बुटवल-सत्तारुढ दल कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको बताएकी छन्।

    बुटबलमा मंगलबार आयोजित साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सरकार सफल नभएको जिकिर गरिन्।

    कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा अल्मलिएको पाएको उनको भनाइ छ।

    वर्तमान सत्ता गठबन्धन सत्ताका लागि नभइ अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि भएको संग्रौलाले बताइन्। संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढेको उनको भनाइ छ। वर्तमान सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतीअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने उनको दाबी छ ।

    पूर्वसांसदसमेत रहेकी नेतृ संग्रौलाले कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्न उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images