images
images
  • सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी अस्पतालबाट सर्वसाधारणलाई पनि सेवा दिने तयारी

    काठमाडाैं-नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सञ्चालन गरेको अस्पतालबाट पनि सर्वसाधारणलाई उपचार सेवा दिने तयारी सरकारले गरेको छ। त्यसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटीको नेतृत्वमा कार्यदल बताएका हुन्।

    कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।

    गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवम् कार्यविधि बनाउने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images