images
images
  • ओलीसँग बास्कोटाको खटपट झन बढ्यो, विद्या भण्डारीमार्फत् ओलीलाई देखाए शक्ति

    काठमाडाैं- नेता गोकुल बास्कोटा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए।

    ०७४ को निर्वाचनमा काभ्रेबाट सांसद बनेका बास्कोटाले अप्रत्यासित रुपमा सञ्चारमन्त्री पनि बने। सुरुमा राज्यमन्त्री बनेका उनी ओलीको जोडबलमा क्याबिनेटमन्त्री थियो। परिस्थिति यस्तो थियो, संघीयता कार्यान्वयनको चरणमा गएको र एमाले, माओवादीबीच गठबन्धनबाट सरकार बनेकाले सिनियर नेताहरुले पनि क्याबिनेटमा ठाउँ पाएका थिएनन्।

    तर, अहिले स्थिति ठिक उल्टो छ। ओली र बास्कोटाको पानी बाराबार छ, खटपट यतिसम्म बढेको छ कि बास्कोटा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गुटमा पुगेका छन्। उनी पभण्डारीमार्फत् ओलीलाई शक्ति देखाउन थालेका छन्। गत असारमा मात्र बास्कोटाले काभ्रेमा मदन भण्डारीको ७३औं जन्मजयन्तीमा भण्डारीलाई प्रमुख अतिथि बनाए।

    एमालको सक्रिय राजनीतिमा फर्किने तरखरमा रहेकी भण्डारीलाई बास्कोटाले भरपुर साथ दिइरहेका छन्।

    त्यति मात्र होइन बास्कोटाले काभ्रेमा एमाले निकट अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेका छन्। ३१औं जिल्ला अधिवेशन विवादित बन्दा ओली र समूह पोलिटव्युरो सदस्य बाँस्कोटा पक्षको कमिटी बनेको छ।

    ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी घोषणा गरेको छ । बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । अधिवेशनको उदघाटन पनि बास्कोटाले गरेका थिए।

    हुन् त ओली पछिल्लो समय बास्कोटविरुद्ध खनिन थालेका छन्। गत जेठ २८ गते एमालेको ११औं जिल्ला अधिवेशन उद्घाटनमा पुगेका ओलीले पोलिटब्युरो सदस्यसमेत रहेका सांसद गोकुल बास्कोटामाथि खनिएका थिए। बास्कोटाले जिल्लाको राजनीतिमा अनावश्यक हस्तक्षेप गरेको आशय व्यक्त गर्दै ओलीले उनको आलोचना गरेका थिए।

    लामो समयदेखि ओलीका ‘खास’ नेताका रूपमा रहँदै आएका खरो स्वभावका बास्कोटाले ओलीसँग असमझदारी बढेका बेला भण्डारीसँग मिलेर गुटको राजनीति गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images