images
images
  • सुनिता दनुवार: आफै बेचिएरपनि २ हजार बढी बेचिएका चेलीहरुलाई नयाँ जीवन दिएर अस्ताइन !

    काठमाडौं-मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको ४७ वर्षको उमेरमा निधन भएको छ । शक्ति समूहकी संस्थापक रहकी दनुवारको सोमबार बिहान निधन भएको पति नृप दनुवारले जानकारी दिए ।

    बिहान ५ बजे अचेत अवस्थामा भेटेपछि अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । पति र एक छोरी रहेकी दनुवार मावन बेचबिखन विरुद्धको अभियानमा संसारमै छुट्टै पहिचान स्थापीत गराउन सफल भएकी थिईन् ।

    आफैँ बेचविखनमा परेर मानव बेचबिखनविरुद्धको अभियानमा लागेकी उनले अभियानले हजारौँ नेपाली चेली बेचिनबाट जोगिएका थिए भने सयौँले उद्धार र आश्रय पाएका थिए । सुनिता पछिल्लो समय सुनिता फाउण्डेसनको नाममा सामाजिक काममासमेत लागेकी थिइनँ ।

    लाउलाउ खाउँखाउँ भन्ने उमेरमा सुनिता आफन्तबाट बेचिन विवश भएकि थिइन् । सानोमा बेचिएपछि सुनितालाई परिवारले संरक्षण दियो । तर, आमाबुवाको समीपमा पुगेर पनि सुनिता दोस्रो पल्ट फेरि दलालको फन्दामा परेकि थिइन् ।

    बाबु आमासँगै बसेका बेला सन् १९९६ मा दलालले उनीलाई बेहोस बनाएर बम्बईको कोठीमा पुर्‍याएका थिए । सुनिताले त्यस बखत पाँच महिना बम्बइको कोठीमा बिताएकि थिईन ।

    भारतको कोठीमा उमेर नपुगेका नाबालिकाहरूको उपयोग भएको विषय सञ्चारमध्यम मार्फत विश्वभर फैलिएपछि त्यहाँको सरकारले छापा मारेर सुनितासहित दुईसय बढी किशोरीको उद्धार गरेको थियो । त्यसपछि उनीसहित १२ जना नेपाली चेली नेपाल फर्किइका थिए । ओरेक नेपालले उनीहरूको संरक्षण र उत्प्रेरणाको काम गरेको थियो ।

    पछि शक्ति समूहको स्थापना गरेर सुनिता आफैँ मानव बेचविखनविरूद्धको अभियानमा सक्रिय भएकी थिइन। त्यसपछि उनले करिब २ हजार बढी बेचिएका नेपाली चेलीको उद्धार गरेकी थिइन। र उद्धार गरिएकाहरूलाई शीपमुलक काममा लगाएर बाच्ने आधार दिइएको थियो ।

    सुनिताले चार वटा त अन्तर्राष्ट्रिय अवार्ड नै जितेकि थिइन्छ । सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा अमेरिकाको ‘हिरो’ अवार्ड प्राप्त गरेकि थिइन् । सुनिता विगत २५ वर्षदेखि मानव बेचबिखनविरूद्धको अभियानमा निरन्तर लागिरहेकि थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images