images
images
  • बालेनविरुद्ध उत्रीए कवाडी व्यवसायी, ‘ज्यादती रोकेर सहज ढङ्गले व्यवसाय गर्ने वातावरण माग’

    काठमाडौँ – कवाड व्यवसायी समाजले निर्वाध रूपमा पेसा व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

    समाजका अध्यक्ष रामकेवल गुप्ताले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार तत्काल सच्याउन माग गरेका हुन् ।

    महानगरले कवाड व्यवसायीलाई दुःख दिने, तोडफोड गर्ने, आज पनि अनामनगर, विशालनगर, बानेश्वर र सेतोपुल क्षेत्रका कवाडमा तोडफोड गरिएको समाजले आरोप लगाएको छ ।

    “कवाड व्यवसायीका सामान जफत गरेर अभद्र व्यवहार गरिएको छ । यस प्रकारको ज्यादती तत्काल रोकी सहज ढङ्गले पेसा व्यवसाय सञ्चालन गर्न दिन हुन सरोकारवाला सबैलाई अनुरोध गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

    काठमाडौं महानगरपालिकाको चक्रपथ भित्र रहेका कवाड गोदाम चक्रपथभन्दा बाहिर लैजान निर्देशन दिएपनि व्यवसायीहरुले अटेर गरेपछि डोजर लगाएर भत्काउन थालेको हो ।

    आज महानगरले अनामनगरमा रहेको कवाड गोदाममा दोस्रोपटक डोजर लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images