images
images
  • सर्वाेच्चको आदेशमा जनार्दनको टिप्पणी- ‘जनयुद्ध’माथि प्रतिबन्ध लोकतन्त्रको उपहास हो

    काठमाडाैं- सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेश आएपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले टिप्पणी गरेका छन्।

    शर्माले ‘प्रतिबन्ध त लोकतन्त्रको उपहास हो’ भन्दै फेसबुकमा टिप्पणी लेखेका छन्,‘जनयुद्ध तिमी प्रतिबन्धित भएछौँ।’

    शर्माले अगाडि लेखेका छन्, ‘तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु। तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौँ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार एआईमा सवार हुनेछौँ।’

    संवैधानिक इजलासले गत २६ मंसिरमा गरेको निर्णय अनुसार बिहीबार सर्वोच्चले प्रमाणीकरण गरिदिएपछि सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको थियो।

    संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images