images
images
  • हिजो स्थगित भएको मन्त्रिपरिषद् बैठक आज बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं- बिहीबारका लागि तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको मन्त्रिपरिषद बैठक आज शुक्रबार बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बैठक बोलाएका हुन्।

    प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बिहीबार बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो।

    आजको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुने जनाइएको छ।

    पछिल्लो पटक सरकार र घिसिङबीच असमझदारी बढिरहेका बेला मन्त्रिपरिषद्मा छलफल हुने गरेको छ। यसपटक पनि उक्त विषयले प्रवेश पाउने एक मन्त्रीले बताए।

    त्यसबाहेक आजको मन्त्रिपरिषद् बैठकले केही सहसचिवहरुको सरुवा गर्नेछ। बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images