images
images
  • सहकारी ठगीमा रविसहित ५१ जनाविरुद्ध आज मुद्दा दायर हुँदै

    काठमाडाैं-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित ५१ जनाविरुद्ध शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर हुने भएको छ।

    कास्की प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सम्भवतः आज जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक मुद्दा दायर गर्न लागेको हो।
    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले शुक्रबार नै मुद्दा दायर हुने गरी तयारी भइरहेको बताए ।

    प्रहरीले गत पुस १ गते एक अर्ब ५१ करोड बिगो कायम गरी लामिछानेसहित ५१ मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा चलाउन लागेको हो। सम्पत्ति शुद्धीकरण मुद्दामा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ। उक्त कसुरका आरोपीमध्ये एक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुग्ने भएकाले मुद्दा दायर गर्न लागिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images