काठमाडौं-मन्त्रिपरिषद बैठक आज बिहीबार साँझ बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
आजको मन्त्रिपरिषद् बैठक नियमित भनिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुने जनाइएको छ।
पछिल्लो पटक सरकार र घिसिङबीच असमझदारी बढिरहेका बेला मन्त्रिपरिषद्मा छलफल हुने गरेको छ। यसपटक पनि उक्त विषयले प्रवेश पाउने एक मन्त्रीले बताए।
त्यसबाहेक आजको मन्त्रिपरिषद् बैठकले केही सहसचिवहरुको सरुवा गर्नेछ। बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ।
प्रतिक्रिया दिनुहोस्






















