नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर विवाद टुंगिने भएको छ।
३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भनेर भोटिङ गरिने भएको हो। ‘त्यसबाट जे नतिजा आउँछ, त्यही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढछ,’अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले बताए।
निर्वाचनमार्फत् आउने परिणामको आधारमा नयाँ नेतृत्व चयन गरिने भएको छ।
आज कार्यतालिका सार्वजनिक हुने सम्भावना छ।
गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने तय भएकाे थियाे। विवादले सम्मेलन स्थगित भएकाे थियाे। २३ र २४ मंसिरमा सम्मेलन गर्ने भनिए पनि हुन सकेकाे थिएन।
प्रतिक्रिया दिनुहोस्






















