images
images
  • रबि पत्नी निकिताको गुनासो: ‘श्रीमान हिरासतमा रहेको बेला ममाथि मिडिया ट्रायल भयो’

    काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेकी पत्नी निकिता पाैडेलले आफ्नो परिवारमाथी मिडिया ट्रायल भएको बताएकी छिन् । सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथी प्रहरी अनुसन्धान सकिएर अदालतमा लगिरहेको बेला उनले आफ्नो परिवारमाथी मिडिया ट्रायल भएको बताएकी हुन् ।

    उनीहरूको खातामा कम्तिमा २१ करोड रूपैयाँ कारोबार भएको सार्बजनिक भएपछि पत्नी पौडेलले मिडिया ट्रायल भएको भन्दै आरोप अस्विकार गरेकी छिन ।

    सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’

    उनले बुवालाइ जवाफ दिएको कुरा पनि उल्लेख गरेकी छिन, ‘मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’ उनका अनुसार सो सन्दर्भ ‘बुवा छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।’

    उनी अगाडी लेख्छिन, ‘कनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु, समाचार लेख्नेमाथि दया लागेर आउँछ।’

    उनी अझ अगाडी भन्छिन, ‘खाता मेरो हो। यति उति पैसा छ भनेर आ आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि, श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

    उनको चुनौती छ, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’

    थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

    rabiरवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।

    संगठित रुपमा सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा उनीहरू कास्की प्रहरीको हिरासतमा छन् । असोज ६ मा पक्राउ परेका जोशीलाई नवौंपल्ट र कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई आठौंपल्ट म्याद थप भएको हो । जोशी पक्राउ परेको दिनलाई आधार मानेर सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने प्रावधानअनुरुप अन्तिमपल्ट ४ दिनको म्याद थपिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ । मंगलबार सरकारी वकिल र रवि लामिछानेका निजी कानुन व्यवसायीले म्याद थपको पक्ष र विपक्षमा बहस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images