images
images
  • नेपालबाट चीनमा भैंसीको मासु निर्यात सम्झौता, कहिलेदेखि हुन्छ निर्यात ?

    काठमाडौं – नेपालबाट चीनमा राँगाभैंसीको मासु निर्यात गर्न सम्झौता भएको छ ।

    राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा नेपालको हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो ।

    सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापारमा यो सम्झौता कोशेढुंगा हुने बताए ।

    नेपालको असल छिमेकी मुलुक चीनमा हालका दिनमा मासु निर्यातको सम्भावना देखिएकोले धेरै रोजगारीका लागि विदेश जान तयार नागरिक नेपालमा नै बसेर यो व्यवसाय सुरु गर्ने उनको दाबी छ ।

    प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा समझदारी भएको थियोे

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images