images
images
  • कैलालीमा मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु, दुई मोटरसाइकल डल्लब र ट्रकमा ठोकिए

    धनगढी – कैलालीमा छुट्टाछुट्टै ३ ठाउँमा भएका मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

    टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो ।

    हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।

    गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । चालक टीकापुर–१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

    यस्तै, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ । उनी कमेडी च्याम्पियनको शीर्ष ४ मा पुगेका कमेडियन हुन् ।

    सुपप्र ०१–००१क २०६० नंम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नंम्बरको मोटरसाइकल ठोक्किएको थियो । महराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

    धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ ।

    प्रहरीकाअनुसार उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोकिएको थियो । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमै मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images