images
images
  • आप्रवासीमाथि ट्रम्पको अर्को एक्सन, अमेरिकामा जन्मदैंमा स्वतः नागरिकता नदिने घोषणा

    काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएकै आधारमा स्वतह: अमेरिकी नागरिकता पाउने नियम बदल्ने घोषणा गरेका छन् ।

    अमेरिकामा जन्मिए पनि आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने ट्रम्पले घोषणा गरेका हुन् ।

    अमेरिकी संविधानको १४औं संशोधनबाट अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरिएको थियो । यस्ता बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।

    यद्यपि उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई भने मद्दत गर्ने संकेत गरेका छन् । यसका लागि डेमोक्याट्ससँग सहकार्य गर्ने प्रस्ताव ट्रम्पले गरेका छन् ।

    ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूलाई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहोर्‍याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images