दमास्कस – मुलुकभरका सिरियालीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पिता हाफेजको मूर्तिलाई ढालेर कुल्चिएका छन् । हाफेजले आफ्नो छोराले विरासतमा पाएको क्रूर सरकारी प्रणालीको स्थापना गरेका थिए ।
राजधानी दमास्कसमा पूर्व राष्ट्रपति हाफेज अल–असदको टुटेको मूर्तिमा उभिएर मानिसहरूले हर्षोल्लास गरेका छन् । यो उनको कुलद्वारा पाँच दशकसम्म कठोर शासन गरेको देशका लागि अत्यन्त प्रतीकात्मक क्षण थियो ।
इस्लामिक नेतृत्वको विद्रोहीहरूले बशर अल–असद देश छाड्न बाध्य भएको घोषणा गरेका छन् । उनीहरूले उनको नियन्त्रणबाट एकपछि अर्को सहरलाई कब्जा गरेर दमास्कसमा आएपछि उनीहरूको आगमनसँगै यो दृश्य देखिएको थियो ।

पाँच दशकसम्म सत्तामा रहेपछि अधिकांश सिरियाली असद परिवार शासनमा नभएको समय सम्झन सक्दैनन् ।
विद्रोहीहरूले असदको पतनको घोषणा गर्नुअघि नै देशका अन्य सहरहरूमा हाफिज अल–असदका मूर्तिहरू खसाइएका थिए ।
यी दृश्यले इराकमा सन् २००३ मा अमेरिकी सैन्य वाहनले पूर्व तानाशाह सद्दाम हुसेनको मूर्ति हटाएको देखिएका दृश्यहरूलाई सम्झना गराउँछन् । त्यस्तै बंगलादेशमा शेख हसिनालाई देश छोड्न बाध्य बनाउने आन्दोलनपछि उनका बुबाको मुर्ति ढालेर हर्सोल्लास गरेको दृश्यलाई पनि त्यसले ताजा बनाएको थियो ।
दमास्कसको जारामाना उपत्यकामा प्रदर्शनकारीहरूले दिवङ्त सिरियाली नेताको मूर्ति खसाउँदा हर्षले ताली बजाउँदै नारा लगाएका थिए ।

उत्तरी सिरियाको अलेप्पोमा तस्बिरहरूमा मानिसहरूले बशर अल–असदका भाइ बासेल र उनीहरूका एक बुबाको मूर्ति ढाल्दै गरेको देखाइएको छ ।
दक्षिणी सिरियाको दारामा सन् २०११ को विद्रोहको उद्गमस्थलमा एएफपीद्वारा प्रमाणित अनलाइन तस्बिरहरूमा एक विद्रोही लडाकूले मोटरबाइक चलाउँदै सडकमा हफेज अल–असदको खसेको मूर्तिलाई पछाडि तानिरहेको देखाइएको छ । ठूलो धातुको मूर्तिभित्र खोक्रो भएकाले तान्ने हदसम्म हल्का देखिन्थ्यो ।
बन्दरगाह सहर टार्टसमा प्रदर्शनकारीहरूले पूर्व राष्ट्रपतिको मूर्ति ध्वस्त पारेको स्थानीय बासिन्दा ओदे अल–खातिबले बताएका छन् ।
– स्वतन्त्रता’ –
बशर अल–असदले सन् २००० मा आफ्ना पिताबाट विरासतमा सत्तापाएपछि सिरियामा शासन सुरु गरेका थिए । सन् २०११ देखि उनले शान्तिपूर्ण विरोध प्रदर्शनबाट सुरु भएको लोकतान्त्रिक आन्दोलनमाथि दमन गर्न सुरु गरे।
असद सरकारले गरेको विरोध प्रदर्शनको दमन शताब्दीको सबैभन्दा रक्तपातपूर्ण युद्धमा परिणत भयो । यसमा लाखौँ मानिस मारिए र लाखौँ विस्थापित पनि भए ।
हाफेज अल–असदले सन् १९७० को विद्रोहमा सत्ता कब्जा गर्दै पागल र क्रूर शासन स्थापना गरेका थिए । जसमा असहमतिको शङ्कामा कसैलाई पनि जेल हाल्न वा मार्न सकिन्थ्यो ।

मृत्युको लामो समयसम्म उनको मूर्ति र छवि सिरियामा असद कुलको पकडको शक्तिशाली प्रतीक बनेको थियो । उनको तस्विर प्राय उनको छोराको साथमा देशभरका भित्ता, संस्था, कार्यालय र विद्यालयहरूमा टाँगिएको थियो ।
सेनाद्वारा सन् १९८२ मा भएको नरसंहार स्थल हामा सहरमा यस हप्ताको सुरुमा विद्रोहीहरूले सहर कब्जा गर्दा असदको मूर्ति ढाल्दा हर्षोल्लास व्यक्त गरे । युवाहरूले ‘सदाका लागि स्वतन्त्रता’ भन्दै विद्रोहीहरूले हामालाई कब्जा गरेको उत्सव मनाएका थिए ।
–रासस/एएफपीको सहयोगमा


विश्व खबर 

















