images
images
  • दमक भ्यूटावर उद्‍घाटन गर्दै ओलीले भने- ‘देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगे जस्तो सहज नहुने बताएका छन् ।

    झापामा बनेको दमक व्यापारिक कप्म्लेक्स (दमक भ्यू टावर) को उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए ।

    ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहाकरी ठगेजस्तो सहज नहुने बताएका हुन् ।

    ‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

    सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले विभिन्न जिल्लामा लगेर बयान लिइरहेको छ ।

    ओलीले राजनीतिक प्रतिसोध साँधेको भन्दै रास्वपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली जाने कार्यक्रममा विरोध गर्दै कालो झण्डा देखाउने गरेका छन् ।

    झापामा पनि ओलीलाई कालो झण्डा देखाउने रास्वपा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images