काठमाडौं – विद्रोही समूहले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असाद देश छाडेर भागेका छन् ।
इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानी कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् ।
सन् २०११ मा राष्ट्रपति असादविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । त्यहि विरोध पछि गृहयुद्धमा परिणत हुँदै क्षेत्रीय युद्दामा परिणत भएको थियो ।
यो गृहयुद्धमा रुस, इरान र इरान समर्थित मिलिसिया सिरियाको पक्षमा र अमेरिका विद्रोही एचटिएसको पक्षमा उभिएका थिए ।
त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मानिस मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।
को हुन् एचटीएस विद्रोही समूहका कमाण्डर ?
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उनीमाथि मानवअधिकार उल्लंघनको आरोप छ । तर उनी विश्व सामु आफूलाई उदारवादी नेताको रुपमा चिनाउन खोज्छन् ।
अबु मोहम्मद अल जुलानीको वास्तविक नाम र उमेर भने विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल जुलानीको अन्तर्वार्ता प्रसारण गरेको थियो । त्यस समय उनले आफ्नो नाम ‘अहमद अल शारा’ बताएका थिए । उनको जन्म साउदी अरबको राजधानी रियाद शहरमा भएको थियो । रियादमा उनका बुवाले काम गर्दथे । तर उनको पालन पोषण भने सिरियाको राजधानी दमास्कसमा भएको थियो । त्यसैले उनी आफूलाई सिरियाकै नागरिक भएको बताउँछन् ।


विश्व खबर 



















