images
images
  • दक्षिण कोरियामा शैनिक शासन लगाएका राष्ट्रपतिलाई आफ्नै पार्टीले महाअभियोग लगाउने !

    काठमाडौं – दक्षिण कोरियामा शैनिक शासन लगाएका राष्ट्रपति युन सुक-योललाई हटाउन उनकै पार्टीले महाअभियोगमा सघाउने तयारी गरेको छ ।
    राष्ट्रपतिले शैनिक शासन लगाएपछि उनको राजिनामा मागेका विपक्षी दलहरुले शनिवारसम्म महाअभियोगको पक्ष/विपक्षमा मतदान गराउन माग गरहेका छन् ।

    समाचार एजेन्सी एपीका अनुसार शुक्रबार सत्तारुढ दल पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।

    ‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम पनि समावेश थियो’ डोङ-हुनले भनेका छन्, ‘उनी लोकतन्त्रका लागि खतरा बनेका छन् र पदबाट राजीनामा दिनुपर्छ।’

    राष्ट्रपतिको शक्ति सीमित नगरेको खण्डमा उनले पुन: खतरनाक कदम उठाउने सम्भावना रहेको भन्दै देश र नागरिकहरूका लागि जोखिम हुन सक्ने डोङ हुनको भनाइ छ ।

    विपक्षी दलहरूले पहिले नै ‘उत्तेजित’ राष्ट्रपतिले मार्शल ल घोषणा गर्ने दोस्रो प्रयासको सम्भावनाप्रति चिन्ता व्यक्त गरिसकेका छन् ।

    यद्यपि, युनका विशेष बल कमाण्डर क्वाक जोङ केनले यस्ता चिन्ताहरूलाई खारेज गर्दै सैनिक परिचालन गर्न राष्ट्रपतिबाट थप आदेश नमान्ने दृढता व्यक्त गरेका छन् ।

    सत्तारूढ दलका प्रमुखले नै राष्ट्रपति युनलाई तत्काल निलम्बन गर्न आह्वान गरेपछि दक्षिण कोरियामा राजनीतिक अनिश्चितता बढेको छ । यसले राष्ट्रपतिविरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढ्ने सम्भावना बलियो भएको छ ।

    राष्ट्रपति युनले डिसेम्बर ३ मा सैनिक शासन घोषणा गर्दै विपक्षी पार्टीलाई उत्तर कोरियासँग साँठगाँठ गरेको आरोप लगाएका थिए । यो निर्णय संसदमा मतदानपछि ६ घण्टामै खारेज भएको थियो । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images