images
images
  • दक्षिण कोरियाली राष्ट्रपतिले फिर्ता लिए सैनिक शासनको निर्णय

    काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपतिले देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णय फिर्ता लिएका छन् ।

    सैनिक शासनको निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति युन सुक योलले आफ्नो निर्णय केही घण्टामै बदलेक‍ो क‍ोरियाली सञ्चारमाध्यामले जनाएका छन् ।

    उनले मंगलबार राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए ।

    ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नु परेको छ,’ उनले भनेका थिए ।

    घोषणा लगत्तै सैनिकहरु संसद भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए । उनीहरुले संसद भवनमा कसैलाई पनि प्रवेश दिएका थिएनन् ।

    राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक समेत भएको भन्दै प्रतिपक्षीदल सडकमा आएको थियो ।

    त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताए । उनले संसदले मार्शल ल हटाउन माग गरेकाले आफूले सेनालाई फिर्ता बोलाएको बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images