धनगढी – के तपाईं श्रीमान श्रीमतीबीच ठाकठुक हुँदा हात हाल्नुहुन्छ ? होसियार ! श्रीमतीले उजुरी दिएको खण्डमा तपाईं पक्राउ पर्न सक्नुहुन्छ ।
यस्तै घटना घटेको छ सुदूरपश्चिमको राजधानी धनगढीमा ।
सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा मर्निङ ग्लोरी स्कुलका सञ्चालक पृथ्वीराज भट्टलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको बताएका छन् ।
उनका अनुसार भट्टमाथि शनिबार घरमै श्रीमती जयन्तीलाई कुटपिट गरेको आरोप छ । कुटपिटपछि घाइते भएकी उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्