images
images
  • जाजरकोटमा माओवादीले उपमेयर जित्यो

    काठमाडौं। जाजरकोटमा नेकपा माओवादी केन्द्रले उपमेयर जितेको छ ।

    आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर जितेको छ ।

    निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।

    यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images