images
images
  • काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला

    काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला– काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।

    प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि सहज हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो ।

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images