images
images
  • नेपाल टेलिकमको ग्राहक सेवामा रोबर्टको प्रयोग, सेवाग्राहीले सोधेका ६०० प्रश्नको उत्तर दिने

    काठमाडौँ – नेपाल टेलिकमले ग्राहक सेवामा रोबर्ट प्रयोगको सुरुवात गरेको छ ।

    सेवा सुधार गर्ने उद्देश्यले टेलिकमले रोबोट प्रविधिको प्रयोग सुरु गरेको जनाएको छ ।

    सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ मैना नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिएका छन् ।

    उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन भइरहेको अवस्थामा रोबोर्टको प्रयोग गरिएको हो ।

    “अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ”, उनले भने, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका ६०० जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।”

    रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए ।

    रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ ।

    प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images