काठमाडौं – जजिराको विमान भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।
विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको भैरहवा विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरिसकेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।
यस्तै एयर एसियाले पनि भैरहवाबाट साताको दुईवटा उडान गर्ने तय भएको छ ।
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि अन्य एयरलाइन्स कम्पनीले पनि भैरहवा विमानस्थलबाट उडानको तयारी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















