images
images
  • सुदूरपश्चिमले लगातार दोस्रोपटक जित्यो यू-१९ क्रिकेटको उपाधि, फाइनलमा लुम्बिनी नै पराजित

    काठमाडौं –  सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि  जितेको छ ।

    बुधवार विराटनगरमा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।

    १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई सुदूरपश्चिमले ४३.१ ओभरमा ११९ रनमा अलआउट गरेको छ । लक्ष्य पक्ष्याउने क्रममा लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।

    सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८ र हेमन्त धामीले ६ रन बनाएका थिए ।

    लुम्बिनीका लागि सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images