
काठमाडौं – साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत आज हुने नेपाल र बंगालदेशबीचको फाइनल खेल काठमाडौं उपत्यका सहित देशका सबै ठूला सहरमा प्रतक्ष प्रसारण गरिने भएको छ ।
काठमाडौंमा काठमाडौं महानगरपालिकाको सहयोगमा टुंडीखेल, सानो गौचरण र चावहिलमा प्रतक्ष प्रसारण गरिँदैछ भने स्थानीय स्तरमा पनि धेरै ठाउँमा प्रतक्ष प्रसारण गर्ने तयारी गरिएको छ ।
पोखरामा पनि पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट फाइनल खेलको प्रतक्ष प्रसारण देखाउने तयारी गरिएको छ ।
धनगढी, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवन, जनकपुर, बिराटनगर, सुनसरी, बिर्तामोड लगायतका शहर बजारमा स्थानीय युवाहरुको अगुवाइमा फाइनल खेल देखाउने तयारी भइरहेको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।
ससाना बजारहरुमा पनि प्रोजेक्टरबाट पर्दामा फाइनल खेल देखाउने तयारी गरिएको छ ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज बेलुकी साढे छ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । नेपाल र बंगलादेश साफ प्रतियोगितामा दोस्रोपटक फाइनलमा भिड्न लागेका हुन् । यसअघि सन् २०२२ मा भएको फाइनल खेलमा बंगालदेशले नेपाललाई हराएर पहिलो पटक उपाधि जितेको थियो । यस पटक नेपाललाई उक्त हारको बदला लिँदै फाइनले जित्ने अवसर रहेको छ ।
खेललाई लिएर नेपाली दर्शक उत्साहित भएका छन् । नेपाली महिला टोली इतिहासकै राम्रो लयमा रहेकोले उपाधीमाथि कब्जा जमाउने विश्वास गरिएको छ । नेपाली टोलीको कप्तानले पनि नेपाली महिला टोलीले यतिबेला उवाधी जित्न नसके अर्को ८/१० वर्ष उपाधी बिहिन नै हुनुपर्ने बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्