images
images
  • नेपालमा अवतरण अनुमतिको म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै होल्ड, नेपालमा बस्नै नपाउने

    काठमाडौं । नेपालमा अवतरण अनुमतिको म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ भएको छ ।

    दिउँसो २ बजे अवतरण हुनुपर्ने जहाँजको नेपालमा अवतरण अनुमतिको म्याद सकिएकाले आकासमै होल्ड गर्न बाध्य भएको हो ।

    नेपालमा अवतरण अनुमति नविकरण नगरेसम्म उक्त जहाँजलाई अवतरणको अनुमति दिन नसकिने विमानस्थल कार्यालयले जनाएको छ ।

    थाई एयर एसियाको जहाज थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौंका लागि उडेको थियो । अहिले उक्त जहाँज यात्रुसहित होल्डमा बसिरहेको छ ।

    विमानस्थल कार्यालयका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको त्रिभुवन विमानस्थलमा अवतरण अनुमति शनिबारसम्मको मात्र थियो । आइतवार अवतरण गर्नुअघि अवतरण अनुमतिपत्र नविकरण गरिसक्नु पर्नेमा कम्पनीको लापरवाहीले जहाँजका यात्रुहरुले दु:ख पाएका छन् ।

    अव उक्त जहाँज अवतरण अनुमति भएका अन्य विमानस्थलमा डाइभर्ट गर्नुपर्छ । काठमाडौं ओर्लने यात्रुहरुलाई अन्य विमानबाट काठमाडौं पठाउनुपर्ने भएको छ । नेपालमा भने उक्त जहाँज बस्न नै नपाउने विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images