images
images
  • घरेलु मैदानमा रियल मड्रिड बार्सिलोनासँग ४–० ले पराजित

    ११ कात्तिक, काठमाडौं । यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित हात पारेको छ ।

    घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो ।

    बार्सिलोनालाई फराकिलो जित दिलाउन रोवर्६ लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे ।

    खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले अग्रता लिने मौका गुमाएको थियो ।
    पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो ।

    ५४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे ।

    लामिन यामलले ७७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३(० को अग्रता बनायो । बार्सिलोना यतिमै रोकिएन । कप्तान राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो ।

    जितपछि लिग लिडर बार्सिलोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै रियल मड्रिडमाथि नै ६ अंकको अग्रता बनाएको छ । ११ खेलबाट बार्सिलोनाको ३० अंक जोडेको छ । यस सिजन पहिलो हार व्यहोरेको रियलको समान खेलबाट २४ अंक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images