images
images
  • दुई दिन घटेको सेयर बजारमा २५ अंकको सुधार, कारोबार रकम भने दुई दिनमै ५०% घट्यो

    काठमाडौं – अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार २५.८८ अंकले बढेको छ ।

    सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ बिन्दुमा कायम भएको छ ।  बजार बढेपनि कारोबार रकम भने अघिल्लो दुई दिनको तुलनामा ५० प्रतिशतले घटेको छ । आइतवार ८ अर्ब रुपैयाँ नाघेको कारोबार रकम सोमवार ५ अर्ब ९० करोड रुपैयाँमा झरेको थियो । मंगलवार भने ४ अर्ब १७ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

    १९९ कम्पनीको मूल्य बढ्दा ४० कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    मंगलवार नेप्से सँगै सबै क्षेत्रगत उपसूचकहरु पनि बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्दा बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढेको छ ।

    रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्दा मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढेको छ ।

    विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशतले मूल्य घटेको छ ।

    कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images