images
images
  • अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप

    काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

    आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

    आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो ।

    नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १(१ विकेट लिए ।

    नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए ।

    नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । देस्रो खेल सुपरओभरमा जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images