images
images
  • पाथीभरामा एकै दिन पुगे ६ हजार भक्तजन, ‘असोज महिनाभरको भन्दा धेरै दर्शनार्थी एक दिनमै पुगे’

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् ।

    दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।

    यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए । दशैंअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो ।

    पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ ।

    पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images