काठमाडौं । सिरहामा औषधी व्यवसायी रामसागर साफीमाथि गोली चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका वडा नम्बर(५का औषधी व्यवसायीमाथि गोली चलाएको आरोपमा प्रहरीले साफीको आफ्नै दाजु र भतिजसहित तीन जनालाई पक्राउ गरेको हो ।
मिर्चैया चोकमा सिद्दि मेडिकल हल चलाएर बसेका ४० वर्षिय रामसागर साफीलाई पसलमै गत २२ गते गोली प्रहार गरेको आरोपमा प्रहरीले उनकै दाजु मिर्चैया ६ का ४२ वर्षिय सूर्यदेव साफी, भतिजो २३ वर्षिय रोहित साफी र गोलबजार नपा ११ बलकावाका ४५ वर्षिय मोमुस्तकिम फकिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी हिरा बहादुर पाण्डेले बताए ।
साफीको दाँया खुट्टा र हातमा लागेको थियो । सम्पतीको विवादका कारण आफ्नै दाई सूर्यदेवले भाडाका आपराधीक समूहको प्रयोग गरी ज्यान मार्ने उदेश्यले गोली चलाएको एसपी पाण्डेले जानकारी दिए ।


विश्व खबर 



















