images
images
  • दसैंपछि लगातार ३ दिनसम्म बढ्यो सेयर बजार, के कारणले बढ्यो बजार, अवको यात्रा कता ?

    काठमाडौं । दसैंपछि खुलेको सेयर बजारमा लगातार ३ दिन नै हरियाली छाएको छ । पहिलो दिन ३१, दोस्रो दिन ४३ र तेस्रो दिन २ अंकले बजार बढेको छ ।

    यो संगै दसैं अघि २६६८ बिन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीवार २७४५.३६ बिन्दु कायम भएको छ । ३ दिनमा नेप्सेमा ७७ अंकको बढोत्तरी देखिएको छ ।

    साताको अन्तिम दिन बिहीवार कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । मंगलवार ३ अर्ब ६ करोडको कारोबार भएकोमा बुधवार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बिहीवार ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँमा किनबेच भएको छ ।

    कारोबारमा बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीबन बिमा समूहको उपसूचक बढेको छ । कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ ।
    दसैं अघि २६६८ बिन्दुमा बन्द भएको बजार यो साता २७८० अंक छोएर २७४५ बिन्दुमा बन्द भएको छ ।

    बजारमा बैंकको ब्याजदर थप घटेको, समग्र आर्थिक अवस्थाका केही सूचक सकारात्म देखिएको लगायतका कारणले सेयर बजारलाई टेवा पुर्‍याएको बजारका जानकारहरु बताउँछन् ।

    बैंकिङ क्षेत्रमा तरलता पर्याप्त रहेको र अन्य क्षेत्रमा कर्जाको माग नबढेसम्म सेयर बजारमा सकारात्मक प्रभाव रहिरहने एक विश्लेषकले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images