काठमाडौं । बुधबार सेयर बजार ४३.२२ अंक बढेसँगै नेप्से परिसूचक २७४२ बिन्दुमा कायम भएको छ । मंगलवार ३१ अंक बढेको बजारले दुई दिनमा करिब ७५ अंक बढेर २७४२ बिन्दु पार गरेको हो ।
बजार उकालो लागेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा बुधवार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनी मध्ये २०६ कम्पनीको मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ ।
आज सबै समूहगत सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढेको छ ।
त्यस्तै बैंकिङ १.९८, विकास बैंक १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बीमा १.८०, उत्पादन १.३६, माइक्रोफाइनान्स १.४८, निर्जीवन बीमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशतले बढेका छन् ।
विजय लघुवित्तको मूल्य ९.३३, इस्टर्न हाइड्रोपावरको ९.२४, समता घरेलु लघुवित्तको ८.६२, आत्मनिर्भर लघुवित्तको ८.५९, सगरमाथा जलविद्युतको मूल्य ७.४५ प्रतिशत बढेको छ ।
अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्दा मिडसोलु हाइड्रोपावरको ५.५४, मिथिला लघुवित्तको ४.५५ प्रतिशत मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर सेयर क्रमशः अगाडि रहेका छन् ।
दसैं पछि खुलेको बजार लगातार दुई दिन नै वृद्धि हुँदा करिब ७५ अंक बढिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्