काठमाडौं । बंगलादेशविरुद्धको तेस्रो टी-२० खेलमा भारतले बंगलादेश विरुद्ध कीर्तिमानी जित निकालेको छ । यस सँगै तीन म्याचको टी ट्वान्टी सिरिज भारतले क्लिन स्विप गरेको छ ।
तेस्रो खेलमा २९७ रन जोडेको भारतले बंगलादेशलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जित सँगै घरेलु टोली भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।
हैदराबादस्थित राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियमा सन्जु सामसनले ४० बलमा शतक प्रहार गर्दै भारतलाई बिशाल योगफलतर्फ अघि बढाएका थिए । उनी म्याच अफ दी म्याच घोषित भए । हार्दिक पाण्डेया प्लेयर अफ दी सिरिज चुनिए ।
टस जितेर भारतीय कप्तान सुर्यकुमार यादवले ब्याटिङको निर्णय लिएका थिए । कप्तानको निर्णयलाई सहि सावित गर्दै भारतीय टिमले ६ विकेट गुमाएर २ सय ९७ रनको कीर्तिमानी स्कोर खडा गरेको थियो ।
भारतीय टिमले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठुलो स्कोर यही खेलमा खडा गरेको हो । टेष्ट खेल्ने राष्ट्रले टी ट्वान्टीमा बनाएको यहीनै सबैभन्दा ठुलो स्कोर हो । यस अघि नेपालले मंगोलिया विरुद्ध बनाएको ३१४ रन हालसम्मकै उच्च स्कोर हो ।
ओपनर सन्जुु सामसनले १ सय ११ रन बनाएको इनिङ्समा सुर्यकुमार यादवले ७५ रन बनाए । हार्दिक पाण्डेयाले ४७ रन र रियान परागले ३४ रन बनाए । बंगलादेशका तान्जिम हसन सकिबले सर्वाधिक ३ विकेट लिए ।
भारतका रवि बिसोनीले ३ तथा मायान्का यादवले २ विकेट लिएको खेलमा बंगलादेशले ७ विकेट गुएर १ सय ६४ रनमात्र बनाउन सक्यो । तौहीद ह्दयोयले नटआउट ६३ रन बनाएको इनिङ्समा लिटन दासले ४२ रन बनाएका थिए ।
उक्त खेलमा भारतले सर्वाधिक ४७ वटा बाउन्ड्री हानेको थियो । जसमा २५ चौका र २२ छक्का सामेल थिए । भारतले बाउन्ड्रीबाट मात्रै २३२ रन जोडेको थियो ।
भारतले सय रन बनाउन ७.१ ओभर मात्र खर्चेको थियो भने १० ओभरमा १५२ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्