images
images
  • बीपी राजमार्गमा सुक्खा पहिरो खस्दा टाटा सुमो पुरियो, निकाल्न गएको डोजर पनि पल्टियो

     

    काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको छ । यसैगरी सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई पनि सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

    पहिरोमा पुरिएको सुमोमा मानवीय क्षति भने नभएको काभ्रे प्रहरीले जनाएको छ । साथै प्रहरीले सो सडक खण्डबाट यात्रा नगर्न पनि अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images