images
images
  • कुलमान घिसिङले जारी गरेको एक सूचनाले ४९ उद्योगीको दसैं नै तनावमय

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गरेको छ । सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले निर्देशन दिएको छ ।

    तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने पनि विद्युत् प्राधिकरणले चेतावनी दिएको छ । यो चेतावनीसँगै ४९ वटा उद्योगका सञ्चालकको दसैं नै तनावमय हुने भएको छ ।

    ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै घिसिङले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गर्दै सूचना प्रकाशित गरेका हुन् ।

    यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् । यो पटक भने प्राधिकरणले कानून अनुसार असुल उपर गर्ने चेतावनी दिएको छ ।

    प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेको छ ।

    हेर्नुहोस् प्राधिकरणले जारी गरेको सूचना

    NEA Notice gorkhapatra

    प्रतिक्रिया दिनुहोस्

    images