images
images
  • दुई दिनमा झण्डै सय अंक बढेर पुन: २७ सयको लाइनमा पुग्यो नेप्से, कस्तो हुनेछ दशैं अघिको बजार ?

    काठमाडौँ । धितोपत्र कारोबार मापक नेप्से दुई दिनमा झण्डै १०० अंक बढेर पुन: २७ सय बिन्दुको लाइनमा पुगेको छ ।

    सोमवार नेप्से परिसूचक ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ बिन्दुमा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ बिन्दुमा पुगेको छ ।

    कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूह घटेपनि ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

    कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भएका छन् ।

    थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९३, डोल्टी पावर कम्पनी नौ दशमलव ६८, जोशी हाइड्रोपावर आठ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ५९ पु।तिशत कमाएका छन् ।

    यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त छ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त चार दशमलव शून्य सात प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले तीन दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।

    दशैं अघि अब दुई दिन शेयर कारोबार हुनेछ । दशैं खर्चको लागि शेयर विक्री गर्नेले गरिसकेकाले आगामी दुई दिनमा नेप्सेमा थप वृद्धिको सम्भावना देखिएको बजारका जानकारहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images