images
images
  • सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    फाइल तस्वीर

    कमलामाई । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ ।

    सोमबार दिउँसो ३ बजे आसपासमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

    बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

    थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस)

    प्रतिक्रिया दिनुहोस्

    images
    images