images
images
  • शेयर बजारमा ५६ अंकको वृद्धि, कारोबार रकमले भने दिएन साथ

    काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ५६ अंकले बढेको छ ।

    सबै उपपसूचकमा आएको वृद्धिपछि नेप्से २६५३ अंक कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशतले बढेको छ ।

    कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आइतवार ६ अर्ब १३ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।

    कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ कम्पनी भने मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आइतवार फाइनान्स समूह सबैभन्दा धेरै ६.३० प्रतिशत बढेको छ । दोस्रोमा उत्पादन समूह ३.१२ प्रतिशत बढेको छ ।, बैंकिङ २.२० प्रतिशत, विकास बैंक २.२२ प्रतिशत र हाइड्रोपावर २.७३ प्रतिशत बढेको छ ।

    त्यस्तै लगानी १.९९, जीवन बीमा १.३४, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार समूह ०.९० प्रतिशत बढेको छ ।।

    सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

    मध्यभोटेकोशीको ९.७ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ९.६ प्रतिशत, गुडविल फाइनान्सको ९.२७ प्रतिशत र सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढेको छ ।

    विन नेपाल लघुवित्तको १० प्रतिशत, स्वरोजगार लघुवित्तको ५.३ र उपकार लघुवित्तको ४.४ प्रतिशत मूल्य घटेको छ ।

    कारोबार रकमका आधारमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स र गुडविल फाइनान्स अग्रस्थानमा देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images