१४ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाइएको हो ।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ, हवाई इन्धनमा आन्तरिक तर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एकहजार लिटरमा ४५ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी नेपालमा यथावत राखिएको पनि निगमले जनाएको छ ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने निगमले विश्वास लिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै पनि किसिमको समस्या नहुने स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्